न्यूयोर्क, पुस २३ । बिश्वले नजिकबाट नियालिरहेको अमेरिकी निर्वाचनको नतिजा जर्जियाको निर्वाचन परिणाम आएसंगै सम्पन्न भएको छ । जर्जियाबाट सिनेटमा डेमोक्रेटिक उम्मेदबार राफल वार्नक र जोन ओसोफ विजयी भएका छन ।
अब बाइडेन प्रशासनले आफूले चाहेका बिलहरु संसदबाट सहजै पारित गराउन सक्नेछ भने नियुक्ती लगायतका विषयमा पनि कुनै अवरोध हुनेछैन । हाउस तथा सिनेट दुबैमा बहुमत भएकाले बाइडेन प्रशासनलाई डेमोक्र्याट्सको एजेण्डा कार्यान्वयन बाटो खुलेको छ ।
स्मरण रहोस अब सिनेटमा रिपब्लिकन तथा डेमोक्र्याट्स दुबैको ५०/५० सिनेटर संख्या भएकाले यदि कुनै बिल पास गर्न मत टाइ (बराबर) भएमा अमेरिकी कानुन बमोजिम उपराष्ट्रपतिले भोट गरी टाइब्रेक गर्न निर्णायक मत दिन पाउने प्रावधान रहेको छ।
प्रतिक्रिया दिनुहोस्