जनता टाइम्स

२३ पुष २०७७, बिहीबार २२:१६

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति अध्यक्षमा धनिराम शर्मा नियुक्त


काठमाडौं, पुष २३

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिको अध्यक्षमा धनिराम शर्मा नियुक्त हुनु भएको छ । उहाले बिहिबार पद तथा गोपनीयताको शपथ समेत लिनु भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम पदभार ग्रहण गर्नुभएको हो ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले धनिराम शर्मालाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष धनिराम शर्मा नेपाल सरकार अर्थ मन्त्रालयका सह सचिव हुनुुहुन्छ । शर्मा यसअघि नै नेपाल सरकार अर्थ मन्त्रालयबाट बैंकको संचालकको रुपमा नियुक्त भई कार्यरत हुनुहुन्थ्यो ।

शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नरद्धय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत उपस्थित हुनु भएको थियो ।