जनता टाइम्स

२४ पुष २०७७, शुक्रबार ०५:१३

प्रधानमन्त्रीपत्नी राधिकाको उदाहरणीय काम : पेन्सनबापत प्राप्त रकम सामाजिक कार्यमा खर्च


काठमाडौं, पुस २४ । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले पेन्सनबाट प्राप्त रकम सामाजिक काममा खर्च गर्नुभएको छ ।

शाक्यले आफ्नो पेन्सनबाट प्राप्त रकम समता स्कूलबाट संसारकै महंगो आईग्लोन् कलेज स्विट्जरल्याण्डमा छात्रवृत्तिमा पढ्न जान लाग्नुभएकी अस्मिता अधिकारीलाई भेटर आर्थिक सहयोग गर्नुभएको हो ।

अस्मिताको निवासमा पुगी उहाँलाई भेटेर शाक्यले ल्यापटप किन्न ६० हजार रुपैयाँ प्रदान गर्नुभएको हो । ‘तिमीले मिहेनत गरेर पढ्नुपर्छ,’ आर्थिक सहयोग हस्तान्तरण गदै शाक्यले भन्नुभयो, ‘तिमीसँग सिंगो देश नेपालको नाम जोडिएको छ।’

शाक्यले दिएको ६० हजार उहाँको पेन्सनबाट प्राप्त रकम हो । उहाँले अस्मितालाई केही न्यानो कपडा, आईग्लोन् कलेजका सर एमसी डोनाल्डलाई नेपाली पस्मिना उपहारसमेत प्रदान गर्नुभएको थियो ।