काठमाडौं, २४ पुस । अहिले देशको तराईका भू भागमा बाक्लो कुहिरो लागेको छ । चिसोका कारण कुहिरो लागेको मौसमविद्ले बताएका छन् । दिउँसोपछि कुहिरो हटेर घाम लाग्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार चर्को घाम भने लाग्ने सम्भावना छैन् । सुदूरपश्चिम र प्रदेश १ मा आज दिनभर बादल लाग्ने छ । रातिदेखि फेरि प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य बद्ली हुने सम्भावना छ । बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् बासीले बताउनुभयो । यसैबीच काठमाडौं उपत्यकामा हिजोभन्दा आज चिसो बढेको छ । आज बिहान काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान काठमाडौंको तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । दिउँसो फेरि घटेर ५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । बादल हटेर आकाश खुलेकाले चिसो बढेको मौसमविद् बासीले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्