जनता टाइम्स

२४ पुष २०७७, शुक्रबार ०९:१५

प्रधानमन्त्री ओली धनगढी जाँदै, पार्टीको जनसभालाई सम्बोधन गर्ने


काठमाडौँ, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेशको धनगढी जा“दै हुनुहुन्छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी जान लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीको भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलले जानकारी दिएको छ । नेकपा ओली समूहका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सभाको तयारी पूरा भएको जानकारी दिनुभयो ।

जनसभाका लागि विभिन्न समिति गठन गरिएको उहाले जानकारी दिनुभयो । संसद विघटनपछि विभाजित नेकपाका दुवै समूहले आ–आफ्ना कार्यक्रमलाई तीव्रता दिएका छन् । प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गर्दै आएको छ भने ओली समूहले निर्वाचनको तयारीमा जुट्न आग्रह गर्दै कार्यकर्ता भेला तथा प्रशिक्षणलाई निरन्तरता दिँदै आएको छ ।