जनता टाइम्स

२५ पुष २०७७, शनिबार ०९:२७

संबिधानबिरुद्ध आएको चार पूर्वप्रधानन्यायाधीशको विज्ञप्तिमा त्रुटी नै त्रुटी, अन्तैको निर्देशनको रहष्य खुल्यो


काठमाडौं, २५ पुस । चार पूर्व न्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भएको ठहर भन्दै जारी गरेको विज्ञप्तिमा  त्रुटी नै त्रुटी भेटिएको छ । मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त बक्तव्य जारी गरेको विज्ञप्तीमा भाषागत त्रुटी फेला परेको हो ।

समाजका अगुवा र भन्नेहरुकाबाट यसरी भाषागत त्रुटी हुनु चिन्ताको विषय भएको भाषा विद्हरुको गुनासो रहेको छ । पछिल्लो समय केही ब्यक्तिहरुमा जस्ले जस्तो लेखेपनि हस्तारक्षर गरि हाल्ने नपढने बानीले गर्दा यस्तो समस्या आउने गरेको भाषा विद्हरुको गुनासो छ । यसरी ठुला ब्यक्ति बाटै भाषगत त्रुटी भयो भने भोलीका सन्ततीले के सिक्ने त्यसैले यस्ता गल्तीलाई सच्चाउनुपर्ने तर्क भाषा विद्हरुको छ ।