काठमाडौं, पुष २५
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता नै सबैभन्दा ठुलो अदालत भएको बताउनु भएको छ । संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले अदालतले मध्यावधिमा जाने कदमलाई सदर गरे कांग्रेस चुनावमा जाने बताउनु भयो ।
‘सर्वोच्च अदालत भन्दा पनि ठूलो अदालत त जनता नै हो, जनतामा जाँदा के बिग्रन्छ ?’ सभापति देउवाको भनाई थियो । उहाले अदालतलाई जुलुस र धम्कीका भरमा नभई विवेक लगाएर निर्णय गर्न आग्रह गर्नुभयो । ‘अदालतलाई यो गर उ गर भनेर हामीले भन्न हुदैन, अदालत स्वतन्त्र निकाय हो’, उहाले भन्नुभयो, ‘अदालत न्यायको रखवाला हो । अदालतको निर्णय नेपाली कांग्रेसले मान्छ ।’













प्रतिक्रिया दिनुहोस्