जनता टाइम्स

२६ पुष २०७७, आईतवार ०७:३०

६२ जना सवार इन्डोनेसियाको जहाज दुर्घटनामा परेको पुष्टि


काठमाडौँ,२६ पुस । इन्डोनेसियाको स्रीविजया एयरको एउटा जहाज जकार्ताबाट उडेको केहीबेरमै शनिबार बेलुकी दुर्घटनामा परेको पुष्टि भएको छ ।

जकार्ताबाट इन्डोनेसियाकै पोन्टियानाकका लागि उडेको उक्त जहाज उडेको केही बेरमै दुर्घटनामा परेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

जहाजमा चालक दलका १२ सहित ६२ जना सवार थिए । ५० यात्रुहरुमध्ये ७ जना बालबालिका रहेको जनाइएको छ ।