जनता टाइम्स

२६ पुष २०७७, आईतवार ११:५८

राष्ट्रिय सङ्गीतकर्मी सङ्घ पोखरामा गायक


कास्की, पुस २६

राष्ट्रिय सङ्गीतकर्मी सङ्घ पोखरा नगर कमिटीको प्रथम अधिवेशनले सुनिल गायकको नेतृत्वमा १५ सदस्यीय कमिटी निर्वाचित गरेको छ । कमिटीको प्रथम उपाध्यक्षमा शाहिल गायक, द्वितीय उपाध्यक्षमा टंक चापागाईं, महिला उपाध्यक्षमा शान्ति बराल, महासचिवमा कुमार गौतम, सचिवमा उमेश अधिकारी, सहसचिवमा किरण अधिकारी, कोषाध्यक्षमा सविना क्षेत्री र सहकोषाध्यक्षमा तारा बाँस्तोला निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यमा बलराम अधिकारी, मोहन माल्बुल, प्रदीप ठकुरी, सुचेन्द्र परियार, रीता बराल र निश्चल श्री रहनुभएको छ । अधिवेशनमा नेपाल पत्रकार महासङ्घ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, राष्ट्रिय सङ्गीतकर्मी सङ्घ केन्द्रिय कमिटिका सहसचिव लोकराज सापकोटा र राष्ट्रिय सङ्गीतकर्मी सङ्घ गण्डकी प्रदेशका कृष्णप्रसाद गौतमलगायतले नवनिर्वाचित समिति कला सङ्गीतका क्षेत्रमा क्रियाशील बन्ने विश्वास व्यक्त गर्नुभयो ।