काठमाडौं, पुस २६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिधान र जनमतबिपरित अध्यक्ष र प्रधानमन्त्री बन्न नसकेपछि अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै समुह गठन गरेपनि संघीय राजधानी काठमाडौंका दुई तिहाई भन्दा बढी जनप्रतिनिधि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामै खुलेका छन । नेकपा गठनपछि पूर्वएमालेमा २७ बर्ष नेतृत्व गर्नुभएका झलनाथ खनाल र माधव नेपाल प्रचण्ड समुहमै लागेपनि काठमाडौंका जनप्रतिनिधिहरु मुलधारमै बसेका हुन ।
पार्टी बिभाजनपछि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मुल पार्टीसँगै पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालको अर्को समूह बनेको छ । पार्टीको केन्द्रमा देखिएको विभाजन प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म पनि पुगेको छ । यसको असर विघटित प्रतिनिधिसभादेखि प्रदेश सभा हुँदै स्थानीय तहका जनप्रतिनिधिमा पनि परेको छ । यही क्रममा काठमाडौंका दुई तिहाई जनप्रतिनिधि ओलीतिरै बसेका हुन ।
बिभाजन तल्लो तहसम्म पुगेपछि सबै तहका जनप्रतिनिधि तथा नेता, कार्यकर्ता अहिले आफ्नो समूह कुन हो भन्ने विषयमा प्रष्ट खुल्न थालिसकेका छन् । उपत्यकाका तीनमध्ये काठमाडौंबाट प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कित्ता प्रष्ट पारेका हुन । काठमाडौंका अधिकांश जनप्रतिनिधि ओली नेतृत्वको मुलधारमै खुलेका छन । तिनिधिसभाका ६ मध्ये ४ जना, प्रदेशका १६ मध्ये १२ जना ओली नेतृत्वको नेकपामै खुलेका छन । नेकपाबाट अलग भएको प्रचण्ड र माधव नेपाल समुहपक्षमा प्रतिनिधि सभाका २ र प्रदेशका ४ जना जनप्रतिनिधि मात्रै देखिएका छन ।
बिघटित प्रतिनिधिसभामा रहेका ६ जनामध्ये माधव नेपाल र जीवनराम श्रेष्ठ मात्रै सो समुहमा लाग्नुभएको हो । प्रतिनिधिसभामा जित्नेमध्ये इश्वर पोखरेल, कष्णगोपाल श्रेष्ठ, रामबिर मानन्धर र कृष्ण राई ओली नेतृत्वको नेकपामै रहनुभएको छ । प्रचण्ड समुहमा जानेमध्ये तात्कालिन एमालेबाट जित्नुभएका नेता नेपाल र झलनाथ खनाल निकट जीवनराम श्रेष्ठ मात्रै पर्नुभएको हो ।
यस्तै स्थानीय ११ वटा तहमध्ये मेयर र उपमेयर गरी नेकपामा १५ जना जनप्रतिनिधि रहेका छन् । तीमध्ये ९ जना कामनपाका मेयर बिद्यासुन्दर शाक्यसहित ओली नेतृत्वको नेकपामा रहेका छन भने २ जना तटस्थ छन् । प्रचण्ड– माधव समुहमा केवल ४ जना मात्रै खुलेका छन । यो तथ्यांक हेर्दा काठमाडौंमा प्रचण्ड–माधव समुहको अवस्था अत्यन्तै दयनीय देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्