काठमाडौं, पुस २७
उपप्रधानमन्त्री एवं सत्तारूढ (नेकपा) नेता ईश्वर पोखरेलले केपी ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दावी गर्नुभएको छ । आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बारा जिल्ला कमिटीद्वारा आयोजित वृहत् जिल्ला भेलामा बोल्दै नेता पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दावी गर्नुभयो ।
आधिकारीक नेकपा जसको हुन्छ, उसैको सूर्य चिन्ह् हुने भएकाले सूर्य आफूहरुको नै हुने बताउनुभयो । दुई वर्ष नपुग्दै प्रधानमन्त्रीलाई हटाउने खेलमा लागेकाले अहिलेको अवस्था सिर्जना भएको पनि बताउनुभयो । उहाँले नेकपालाई कमजोर बनाउने कुनै पनि कुरा नचल्ने पनि सुनाउनुभयो ।














प्रतिक्रिया दिनुहोस्