पोखरा, पुस २८ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर ‘कू’ गर्ने योजनामा रहेको स्वीकार गर्नुभएको छ । ओली हटाउन नसकेपछि आफै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट बाहिरिएर छुट्टै समुह गठन गर्नुभएका प्रचण्डले आफ्नो समुहको गण्डकी प्रदेश भेलामा आफूहरुले ‘कू’ गर्न लागेको स्वीकार गर्नुभएको हो ।
सरकारले कालापानी–लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि नेकपाका अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालसहितका चार नेताहरुले प्रधानमन्त्री ओलीलाई पार्टी र सरकारबाट हटाउन संगठित अभियान चलाउनु भएको थियो । अहिलेसम्म आफूहरुले बिधि र पद्धतीका लागि पार्टीभित्र बहश गरेको बताउँदै आउनुभएका प्रचण्डले आज भने प्रधानमन्त्रीले देशको हितमा काम गर्दा ‘कू’ गर्न लागेको स्वीकार गर्नुभएको हो ।
प्रचण्डले भेलामा केपी शर्मा ओलीलाई अध्यक्ष, प्रधानमन्त्री र संसदीय दलको नेताबाट हटाउने तयारी गर्दैगर्दा पहिला नै चाल पाएर प्रतिनिधिसभा विघटन गरेर आफूहरुको ‘कू’ योजनाअसफल बनाएको बताउनु भयो । केन्द्रीय समिति बैठकबाट ओलीलाई यी पदबाट हटाउने तयारी गर्दैगर्दा ओलीले प्रतिनिधि सभा विघटन गर्नुभएको प्रचण्डको भनाइ थियो ।
‘केन्द्रीय समिति बैठकले केपी ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट छोड्नुपर्छ भन्थ्यो त्यो तयारी थियो,’ प्रचण्डले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्