जनता टाइम्स

२९ पुष २०७७, बुधबार ११:०८

संवैधानिक इजलास पुनर्गठन, न्यायाधीश हरिकृष्ण कार्कीको स्थानमा सपना मल्ल प्रधान


काठमाडौं, पुस २९ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा सुनुवाईका लागि संवैधानिक इजलास पुनर्गठन गर्नुभएको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने घोषणा गर्नुभएपछि प्रधानन्यायाधीश जवराले आज उहाँको स्थानमा न्यायाधीश सपना प्रधान मल्ल थपेर अन्य न्यायाधीश यथावत राख्नुभएको हो । संवैधानिक इजलासमा अरु तीन न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसी हुनुहुन्छ ।

न्यायाधीश हरिकृण कार्की केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेकाले नैतिक हिसाबले इजलासमा बस्न नमिल्ने जिकिर शम्भु थापा सहितका वकिलले गरेपछि कार्कीले आफू नबस्ने घोषणा गर्नुभएको थियो । प्रधानन्यायाधीश राणाले न्यायपरिषदले सिफारिस गरेका १४ न्यायाधीश मध्येबाट ४ जना संबैधानिक इजलाशमा छनौट गर्नुभएको हो । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजबाट निरन्तर सुनुवाई हुँदैछ ।