जनता टाइम्स

२९ पुष २०७७, बुधबार ११:५७

ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव पारित, यूट्यूवले पनि लगायो रोक


अमेरिका, पुस २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने अधिकार उपराष्ट्रपति माइक पेन्सलाई हस्तान्तरण गर्नेबारेको प्रस्तावलाई अमेरिकाको तल्लो सदन प्रतिनिधि सभाले पारित गरेको छ । अमेरिकी संविधानमा २५ औं संसोधन गर्दै प्रक्रिया अघि बढाउने अधिकार पेन्सलाई दिइएको हो तर, महाअभियोग लगाउन सभामुख न्यान्सी पेलोसीले गरेको आग्रहलाई भने पेन्सले अस्वीकार गरेका छन् ।

पेन्सले स्वीकार गरेको खण्डमा राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाइनसक्छ । तर, रिपब्लिकन पार्टीकै तर्फबाट उपराष्ट्रपति भएकाले महाअभियोग प्रस्ताव के हुन्छ भन्ने बारे अझै अन्यौल छ । यही जनवरी २० मा निर्वाचित राष्ट्रपति जो बाइडेनले सपथ लिँदै हुनुहुन्छ ।

ट्रम्पलाई महाअभियोग लगाउने डेमोक्र्याटको पक्षमा एकजना रिपलिब्कन सिनेटर एडम किंगजिंगर पनि उभिनुभएको छ । तर, यस्तो प्रस्तावको कानूनी मान्यता नहुने भएकाले यसलाई सांकेतिकरुपमा महत्वपूर्ण रुपमा लिइएको छ । ननबाइन्डिङ प्रस्तावलाई सिनेटको अनुमति जरुरी पर्दैन । उपराष्ट्रपति पेन्सले पनि २५ औं संसोधन गर्ने विपक्षमा उभिएको प्रष्ट सन्देश सभामुख पेलोसीलाई दिनुभएको छ ।

ट्रम्पलाई महाभियोग लगाउनुपर्छ भन्ने मतमा स्वयं रिपब्लिकन सिनेटरहरु बलियो भन्दै गर्दा यस्तो प्रस्ताव पारित भएको हो । केही रिपब्लिकन सांसदहरु लिज कोने, आर वेइ लगायत ट्रम्पलाई हटाइहाल्नुपर्छ भन्ने पक्षमा छन ।

गत साता अमेरिकी संसद भवनमा भएको तोडफोडमा ट्रम्पको हात रहेको आरोप उनीहरुको छ । न्यूयोर्क टाइम्सका अनुसार सभामुख पेलोसीले पाँचजना डेमोक्र्याट सांसदहरु महाभियोग लगाउने प्रक्रियाको गृहकार्यमा जुटेको छ ।

यसैबीच फेसबक, ट्वीटर र इन्स्टाग्रामले ट्रम्पलाई अनिश्चितकालका लागि रोक लगाएका छन् । यो सूचिमा गुगलको भिडियो साझेदारी साइट यूट्यूव पनि थपिएको छ । यूट्यूवले एक साता भिडियो पोस्ट गर्न नपाउने गरी ट्रम्पलाई रोक लगाएको हो ।