जनता टाइम्स

२९ पुष २०७७, बुधबार १३:३५

प्रधानन्यायाधीशको प्रश्नपछि नाजवाफ बने प्रचण्ड-माधव पक्षका वकिल


काठमाडौं, पुस २९ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासको साटो बृहत् पूर्ण इजलासमा हुनुपर्ने रिट निवेदकहरुको जिकिरमाथि कडा प्रश्न उठाउनु भएको छ ।

इजलासमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बृहत पूर्ण इजलासमा बहस गरिरहेका बेला रोकेर राणाले दुईखाले कुरा नगर्न भन्दै कडा प्रश्न उठाउनु भएको हो । बहस रोकेर राणाले भन्नुभयो, ‘तपाईंहरुको बुझाइ दोहोरो भयो । गम्भीर संवैधानिक व्याख्या आवश्यक छ भनेर निवेदन दिनुभएको छ । अनि बहसमा गम्भीर संवैधानिक व्याख्या संवैधानिक इजलासबाट हुनुहुँदैन भन्नुहुन्छ । यो दुइखाले कुरा भयो । कि संवैधानिक व्याख्या चाहिँदैन भन्नुपर्यो ।’

संविधानमै गम्भीर संवैधानिक ब्याख्या संवैधानिक इजलासबाट हुने व्यवस्था रहेको छ । रिट निवेदकहरुले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा गर्ने प्रधानन्यायाधीशको आदेश नै त्रुटिपूर्ण रहेको जिकिर गरेका थिए ।

महान्यायाधिवक्ता अग्नि खरेलले भने संवैधानिक इजलासबाटै ब्याख्या हुनुपर्ने भन्दै बृहत पूर्ण इजलास आवश्यक नभएको निवेदन पेश गर्नुभएको छ । संवैधाानिक इजलासमा विश्वम्भर श्रेष्ठ, अनिल सिन्हा, तेजवहादुर केसी र सपना प्रधान मल्ल न्यायाधीश सदस्य हुनुहुन्छ ।