जनता टाइम्स

१ माघ २०७७, बिहीबार १४:२१

नयाँ पत्रिकाका सम्पादकलाई खुलापत्र : किन ‘कर्द’ लाग्छ ?


प्रिय सम्पादक,
तिमी पत्रकारिता गरेर करोडपति भयौ,
करोडपति नै बन्नुथियो भने किन पत्रकारिता गर्‍यौ ?
अज्ञात

म नयाँ पत्रिकाको पाठक । यो मेरो जीवनको पहिलो पाठकपत्र । मलाई यो पत्र लेख्न रहर होइन । बाध्यताले म पाठकपत्रको लेखक बन्नपुगेँ । निराशाका साथ भन्नैपर्छ— नयाँ पत्रिकाले मलाई निराश बनायो । यसको कारण तपाईं नै हो । तपाईं अर्थात् उही सम्पादक । यही सम्पादक कृष्णज्वाला देवकोटा जो सामान्य पत्रकारबाट करोडपति बन्नुभयो । तपाईं कसरी करोडपति बन्नुभयो यो रहस्यको विषय पर्‍यो । आउनुस्, गफ गरौं आजको विषयमा । जसले मलाई पाठकपत्रको लेखक बनाइदियो । तपाईंको तथ्यहीन, भ्रमपूर्ण, कपोकल्पित र प्रायोजित समाचारले मलाई आक्रोशित बनायो ।

प्रिय सम्पादक,
तपाईंप्रति मेरो मनमा घृणा पलायो– बिहिबार, ०७७ पुस २९ गते । तपाईंले गलत नियतका साथ आफ्नो पत्रिकाको फ्रन्ट स्टोरी छाप्नुभएको रहेछ । शिर्षक – ुसगरमाथाको नाम फेर्ने जी न्युजको अभियान ः ‘अब माउन्ट एभरेस्टमा भारतले दाबी ठोक्नुपर्छ’ जनार्दन बराल र नेत्र पन्थी नामका संवाददातामार्फत् । मेरो रगत उम्लिरहेको छ । टाउकाका नशाहरू चिडिएका छन् । ‘जीटीभी’को समाचारमथि तपाईंले कसरी ‘पीत पत्रकारीता’का गर्नुभयो ?

समाचारको सुरुमै लेखिएको छ— ‘भारतीय संस्थापनको संरक्षणमा नेपाली राष्ट्रियतालाई निरन्तर प्रहार गर्ने भारतीय न्युज च्यानल जी न्युजको टोलीले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि दाबी प्रस्तुत गर्ने मात्र होइन, सर्वोच्च शिखर सगरमाथामाथि पनि भारतीय दाबी प्रस्तुत गरेको छ । यो यही टोली हो जसलाई प्रधानमन्त्री केपी ओलीले अन्तर्वार्ताका लागि बालुवाटारमा न्यानो स्वागत गरेका थिए ।’

हो, ‘जीटीभी’ले सगरमाथामाथि भ्रमपूर्ण र अर्थहिन दाबी गर्‍यो। तर, यसमा प्रधानमन्त्री कसरी जोडिनुभयो ? कुनै पत्रकारलाई अन्तर्वार्ता दिनु गलत हो ? उहाँले नेपाली मिडियालाई अन्तर्वार्ता नदिएर विदेशी मिडियालाई अन्तर्वार्ता दिन बोलाउनुभएको हो र ? भारतीय मिडियाको हैसियत तपाईंलाई थाहा छैन ? होइन भने किन कुनै विदेशी मिडियाले गरेको पीत पत्रकारितासँग प्रधानमन्त्रीलाई जोड्नुभयो ?

अन्तर्वार्ताका क्रममा प्रधानमन्त्रीले राष्ट्रशक्तिको कुरा गर्नुभयो । नेपाल के हो चिनाउनु भयो । नेपालले किन छिमेकीसँग सहभावको सम्बन्ध राख्न चहान्छ भनेर बहस गर्नुभयो । तपाईंलाई भन्नै नपर्ला, उहाँले नेपाल कसैसँग नझुक्ने कुरा गर्नुभयो । तर, तपाईंले ती सबै कुराहरू देख्नै सक्नुभएन । किनकि तपाईं पत्रकारिता होइन् पीत पत्रकारिता गरिरहनुभएको छ । त्यसैले अन्तर्वार्ता दिएकै कारण तपाईंले जीटीभीले गरेका गल्तिहरू प्रधानमन्त्रीको टाउकोमा राख्न खोज्नुभयो ।

प्रिय सम्पादक,
विदेशी ‘नुनको सोझो’ गर्नतिर त लाग्नुभएको छैन नि ? पत्रकारिताबाट राष्ट्रियताको भन्दा नाफाको व्यवसाय चलाउन खोज्दै त हुनुहुन्न तपाईं ? होइन भने इतिहासकै निडर, सक्षम, स्पष्ट प्रधानमन्त्रीका राम्रा काम किन देख्नुहुन्न ? तपाईं यथास्थितिवादी छिमेकीप्रति नुनको सोझो गर्दै हुनुहुन्छ ।
सुधीर चौधरी लगायतका भारतीय पत्रकारको समूह प्रधानमन्त्रीलाई कमजोर बनाउने उदेश्य लिएर यहाँ आएका हुन् । तर, सकेनन् । उहाँले अन्तर्वार्ताबाटै कडा जवाफ दिनुभयो । त्यसपछि उनीहरूले सगरमाथाका विषयमा भ्रामक समाचार बनाए । तपाईंलाई थाहा छैन ? ब्राह्मणले नामाकरण गर्ने शिशुलाई उसले दाबी गर्दैमा उसको हुन्छ र ?

भरतीय विद्वान तथा नेपाल जानकार एसडी मुनीले भनेका छन्– तत्कालीन माओवादीलाई भारतले जन्माएर, पालेर शान्तिप्रक्रियामा ल्याएको हो । सक्नुहुन्छ भने तपाईं यो कुरा किन कहिल्यै लेख्न सक्नुहुन्न प्रिय सम्पादकज्यु ? पुर्वमा टिस्टा र पुर्वमा काँकडा हाम्रै हो भनेर किन दाबी गर्न सक्नुहुन्न ?
हो, तपाईं प्रधानमन्त्रीविरुद्धको मिशनमा लाग्नुभएको छ । त्यसैले तपाईं माथिका प्रश्नहरूको उत्तर दिन सक्नुहुन्न ।

उही पाठक । उही समुन्द्र
नयाँ बानेश्वर