जनता टाइम्स

२ माघ २०७७, शुक्रबार १२:३३

नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठक शुरु


नयाँदिल्ली, माघ २

नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठक भारतको नयाँदिल्लीमा शुरु भएको छ । हैदरवाद हाउसमा भईरहेको बैठकमा नेपाल–भारत सम्बन्धका सम्पूर्ण आयामहरूमा छलफल गरिँदै छ । व्यापार, वाणिज्य, पारवहन, ऊर्जा, सीमा, कोभिड१९ सहयोग, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृतिलगायतका विषयलाई बैठकको अजेण्डामा राखिएको छ ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरले गर्नुभएको छ । परराष्ट्रमन्त्रीको नेतृत्वमा संयुक्त आयोगको बैठकमा सहभागी हुने नेपाली टोलीमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, परराष्ट्रसचिव भारत राज पौड्याल, स्वास्थ्यसचिव लगायत रहनु भएको छ ।

यसअघि पराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी जयश‌ंकरबीच भेटवार्ता भएको थियो । भेटमा द्विपक्षीय सम्बन्ध र कोरोना खोपका विषयमा छलफल भएको बताइएको छ ।