जनता टाइम्स

२ माघ २०७७, शुक्रबार १६:२०

फाइजर खोपमा उठ्यो सवाल, खोप लगाएका २३ जनाको मृत्यु


काठमाडौं, माघ २

कोभिड–१९ को खोप अहिले विश्वका कतिपय देशमा आपतकालिन रुपमा लगाउन शुरु गरिएको छ । विभिन्न देशले फाइजर, कोभिशिल्ड लगायतका खोप लगाईरहेका छन् । तर, नर्वेमा भने फाइजर खोप लगाएका २३ जनाको मृत्यु भएपछि यसमाथी प्रश्न उठ्न थालेको हो ।

मृत्यु हुनेमध्ये अधिकाशं वृद्धअवस्थाका रहेका थिए । नयाँ वर्ष शुरु हुनुभन्दा चार दिन अघिबाट खोप लगाउन शुरु गरिएको र अहिलेसम्म ३३ हजारले लगाएको बताइएको छ । मृतकले पहिलो डोजको खोप लिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् । खोप लिएपछि उनिहरुको स्वास्थ्यमा गडबडी आएको थियो ।

सरकारले जो वृद्ध वा विरामी छ उसका लागि यो खोप निक्कै जोखिमपूर्ण हुने बताएको छ । नर्वेजियन मेडिसिन एजेन्सीका अनुसार मृतकमध्ये १३ जना खोपकै कारण मृत्यु भएको पुष्टि गरेको छ । अन्यका विषयमा जाँच चलिरहेको बताइएको छ । नर्वेजियन इन्स्टिच्युट अफ पब्लिक हेल्थका अनुसार जो धेरै नै वृद्ध छ सायद उनिहरुलाई यो खोपले त्यत्ति धेरै काम गर्दैन् ।