जनता टाइम्स

२ माघ २०७७, शुक्रबार १९:२६

प्रदेश–१ का मुख्यमन्त्री राईले ११ गते विवाह गर्दै


काठमाडौं, माघ २

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले माघ ११ गते विवाह गर्नुहुने भएको छ । उहाले काठमाडौंमै माघ ११ गते विवाह गर्न लाग्नु भएको उहाको पारिवारिक स्रोतले जानकारी दिएको छ । अमेरिकामा बस्दै आउनु भएकी शेर्पा थरकी युवतिसँग उहाले विवाह गर्न लाग्नु भएको हो ।

विगतमै मुख्यमन्त्री भएपछि आफुले विवाह गर्ने घोषणा राईले गर्नुभएको थियो । पछिल्लो समय प्रदेशसभामा आफ्ना विरुद्ध अविश्वासको प्रस्ताव परिरहेका बेला उहाले विवाह गर्ने निर्णय गर्नुभएको हो । उहाको विवाह काठमाडौंमा हुने भएपनि विवाह भोज भने काठमाडौं र विराटनगरमा गर्ने बुझिएको छ ।