जनता टाइम्स

२ माघ २०७७, शुक्रबार २०:५२

प्रधानमन्त्री र न्यायाधीश भेटको समाचार प्रकाशन गर्न वकिलले नै फेसबुक मेसेन्जर र भाइबरबाट पत्रकारलाई सन्देश प्रवाह


काठमाडौं, माघ २

प्रतिनिधिसभा विघटनको मुद्दामा कानुनी रुपमा आफुहरु पछाडी परेपछि विघटनविरुद्ध उभिएकाहरुले गलत सन्देश प्रवाह गर्न सूचना पठाएको रहस्य खुलेको छ । सो सम्बन्धी समाचार एक समाचार अनलाइनले प्रकाशन गरेको थियो ।

सो अनलाइनमा काम गर्ने एक पत्रकारका अनुसार शुक्रबार नै इजलास शुरु भएपछि एक वरिष्ठ अधिवक्ताले फेसबुक मेसेन्जर र भाइबरबाट प्रधानमन्त्री र न्यायाधीशहरुबीच भेट भएको भन्दै समाचार प्रकाशन गर्न आग्रह गर्दै सन्देश पठाएका थिए । मुद्दाका पक्षका शशि श्रेष्ठसहितका अधिवक्ताले समय नै तोकेर प्रधानमन्त्री र न्यायाधीशहरुको भेट भएको समाचार प्रकाशन गर्न लगाएका थिए । त्यसपछि उनिहरुले सोही समाचार अदालतको इजलासमा देखाएका थिए ।

अमेरिकाको राष्ट्रपतिय निर्वाचनमा धाधँली भएको बताउने वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले जस्तै विना प्रमाण प्रचण्ड–नेपाल पक्षका वरिष्ठ अधिवक्ताले भेट भएको आरोप सर्वोच्चकै इजलासमा समाचार देखाउदै आरोप लगाएका थिए। न कुनै प्रमाण, न कुनै आधार, विना आधार भेटेको समाचार र विषय अदालतमा उठाएपछि अदालतले नै विज्ञप्ती निकालेर कडा चेतावनी दिएको छ । यस विषयलाई गम्भीर रुपमा लिएर आइतवार मुद्दा दर्ता गर्नेसम्मको तयारी भइरहेको सर्बोच्च अदालत स्रोतले जनाएको छ ।