जनता टाइम्स

३ माघ २०७७, शनिबार १२:५८

यी दुई अपराधबाट जोगिन प्रधानमन्त्री ओलीबिरुद्ध ‘कू’ योजनामा लागेका रहेछन प्रचण्ड-माधव


काठमाडौं, पुस ३ । केही समययता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपाल पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डमध्ये प्रचण्डको गुनगान र ओलीको बिरोध गर्नेपर्ने बाध्यात्मक अवस्थामा देखिनुभएको छ ।

लामो समयदेखि भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभाग समेटेर नक्सा जारी भएपछि जसरी पनि ओलीलाई हटाउन भारतले बोकाएको भारी काँधमा राखेर हिडनुभएका माधवले प्रचण्डसँग गरेको लिखित संझौताको कारण अव ओलीलाई दावनीकरण र प्रचण्डलाई बिश्वकै उत्कृष्ट र इमान्दार नेताको रुपमा गुनगान गाउनुपर्ने बाध्यता आइलागेको छ ।

महाधिवेनमा पराजीत भएको बदला लिने माधवको योजना थाह पाएपछि आफूसँग लिखित संझौता नै गराउनु भएका प्रचण्डले अन्तिम बुँदामा जनयुद्धकोगाथा गाउने र जवन कहिल्यै नउठाउने बाचा कवोल गराएपछि आजभोलि प्रचण्डबारे हिजो आफैले निकालेको निश्कर्ष हत्यारा, चरित्रहीन र आपराधिक समुहको नाइकेको साटो बिश्वकै उत्कृष्ट नेता भन्न थाल्नुभएको छ । केही दिनदेखि हरेक भाषणमा प्रचण्डगाथा गाउनुको कारण भने मन परेर नभई प्रचण्डको निगाहमा अधिकारबिहीन द्धितीय अध्यक्ष बन्न गरिएको त्यही लिखित संझौता रहेको प्रचण्ड निकट सो समुहका एक नेताले जनताटाइम्सलाई बताए ।

प्रचण्ड निकट ती नेताका अनुसार आफू प्रधानमन्त्री हुँदा सरकारी जग्गा छानीछानी भूमाफियालाई दिलाएको र अख्तियारले छानविन अघि बढाएपछि जेल जाने निश्चित देखिएकोले जोगिनका लागि प्रचण्डको सहारामा पग्नुभएको हो । प्रचण्ड लडाकू शिविर भ्रष्टाचारमा जेल पुग्ने त्रासमा रहेको र माधव ललितानिवाशसहित अन्य सरकारी जग्गा भूमाफियालाई दिलाएको प्रकरणमा जेल पुग्ने देखिएपछि दोषी दोषी मिलन भन्दै लिखत भएको उनको भनाई छ ।

‘माधवले ललितानिवास काण्ड उजागर नगर्न प्रधानमन्त्री ओलीलाई पहिला नै भनेका रहेछन, ओलीले नमानेपछि अव जलेमै पुग्छु भन्ने परेर जनयुद्ध र प्रचण्डपथको गाथा गाउन तयार हुनुभएको हो, अव उहाँसामू प्रचण्डलाई छाडेर जाने हैसियत पनि छैन,’ ती सदस्यले जनताटाइम्ससँग भने, प्रचण्ड कमरेडमा पनि लगाकू शिविरको भ्रष्टाचार काण्ड त छँदैछ, उहाँहरुको मिलन यही दुई ठुला काण्डले गराएको हो, भारतले जोगाइ दिन्छ भनेर उताको भारी पनि बोक्नुभएको छ ।’

नक्सा जारी गरेबापत ओली हटाउन भारतले दिएको निर्देशनसँगै भ्रष्टाचार काण्डमा जेल जानुपर्ने भएपछि एकले अर्कालाई सघाउने र ओलीबिरुद्ध लाग्ने निश्कर्षसहित माधवले प्रचण्डको गुनगान गाउन थाल्नुभएको हो ।