जनता टाइम्स

४ माघ २०७७, आईतवार १७:२१

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा मोतीलाल दुगड


काठमाडौं, माघ ४

उद्योगी, व्यवसायी तथा पूर्व राज्यमन्त्री मोतीलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त हुनुभएको छ । यसअघि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको स्थानमा प्रधानमन्त्रीले दुगडलाई ल्याउनुभएको हो ।

यसअघि दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री हुनुभएको थियो । दुगडले देशको अर्थतन्त्रलाई माथि उकास्ने र सरकार/निजी क्षेत्रलाई जोडेर देशलाई समृद्धिको दिशामा लैजाने गरी प्रधानमन्त्रीको टिममा रहेर काम गर्ने बताउनुभयो ।