जनता टाइम्स

४ माघ २०७७, आईतवार १८:४५

बिध्वंस मच्चाउन युवा-बिद्यार्थीलाई प्रचण्डको निर्देशन, प्रधानमन्त्री बन्न नपाएकै कारण पार्टी फुटाएको स्वीकार


काठमाडौं, माघ ४ । विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले बिध्वंस मच्चाउन युवा–बिद्यार्थीलाई निर्देशन दिनुभएको छ । यसपटक लाठी खाएर टाउको फुटाउन मन भएको भन्दै प्रचण्डले युवा बिद्यार्थीले अव ध्वंस मच्चाउने आन्दोलन गर्नूपर्ने बताउनु भयो ।

आफ्नो पार्टी निकट अनेरास्ववियूको उपत्यका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो भन्नुभयो, ‘मलाई यसपटक किन किन टाउको चिलाएको छ, उहिले गिरिजाबाबु जस्तै आन्दोलनको अगाडि जान्छु । यसपटक लाठी खान मन छ, आन्दोलन आक्रामक बनाउनुस, ।’

प्रचण्डले अव शान्तिपुर्ण आन्दोलनले काम नहुने बताउनु भयो । कार्यक्रममा प्रचण्डले आफू प्रधानमन्त्री हुन नपाएकै कारण नेकपा बिभाजन गरेको तथ्य पनि प्रचण्डले स्वीकार गर्नुभयो । ‘मेरो कुर्सी ओलीले भाँचेकै दिनदेखि पार्टी एकता टुटेको हो,’ प्रचण्डको भनाई थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गर्नुभएको बिषयलाई प्रचण्डले आफ्नो कुर्सी भाँचेको रुपमा ब्याख्या गर्नुभएको थियो ।