जनता टाइम्स

६ माघ २०७७, मंगलवार ०३:५८

सञ्चारमन्त्री गुरुङले मागे ‘नागरिक एप्स’ मा सुधार र थप गर्नुपर्ने सुविधाबारे सार्वजनिक सुझाव


काठमाडौं, माघ ६ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले परीक्षणका रूपमा रहेको ‘नागरिक एप्स’ मा सुधार्नुपर्ने पक्षहरूबारे सुझाव दिन सार्वजनिक आग्रह गर्नुभएको छ । मन्त्री गुरुङले सार्वजनिक आह्वान गरेर नै सो एप्समा भएका सुविधामा सुधार गर्नुपर्ने पक्ष र थप गर्नुपर्ने सुविधाबारे सुझाव दिन आग्रह गर्नुभएको हो ।

सञ्चारमन्त्री गुरुङले ‘डिजिटल नेपाल अभियान’ हरेक व्यक्ति तथा क्षेत्रलाई पारदर्शी र जिम्मेवार बनाउन सो एप्स एक महत्वपूर्ण कडी साबित हुने पनि बताउनुभयो । नेपाल सरकारको राष्ट्रिय गौरवको कार्यक्रम रहेको सो एप्स मन्त्री गुरुङले गत शुक्रबार परीक्षण शुभारम्भ गर्नुभएको थियो । यसमा हाल नागरिकका स्थायी लेखा नम्बर, नागरिकता, शैक्षिक विवरण, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, ‘हेल्लो सरकार’ आदि सेवा क्षेत्रका विवरण समावेश गरिएको छ ।

विभिन्न सरकारी सेवा लिन घन्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले अनलाइनबाट सहजै सेवा दिन यो कार्यक्रम अघि सारेको हो ।