जनता टाइम्स

६ माघ २०७७, मंगलवार ०४:११

आजबाट बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य, यस्तो छ नयाँ मूल्य


काठमाडौं, माघ ६ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आजदेखि लागू हुने गरी आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा २र२ रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो ।

मृल्यवृद्धिसँगै पेट्रोलको मूल्य ११० पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य ९३ कायम भएको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट १६ जनवारीमा प्राप्त भएको मूल्यसूचीअनुसार पेट्रोलिय पदार्थको मूल्य समायोजन गरिएको आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

पेट्रोल, डिजेल र मट्टीतेलमा मुल्यबृद्धि गरिए पनि एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।