जनता टाइम्स

६ माघ २०७७, मंगलवार ०८:५७

काठमाडौंको खड्का गाउँमा आगलागी, एक जनाको मृत्यु


काठमाडौं, ६ माघ

काठमाडौंको कलङ्की, खड्का गाउँमा आगलागी हुँदा एक जनाको जलेर ज्यान गएको छ । जाडो छल्न विद्युतीय हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको जलेर ज्यान गएको प्रहरीले जनाएको छ ।

आफ्नै घरको दोस्रो तलाको कोठामा हिटर बालेर सुतेका खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले जानकारी दिनुभयो । हिटर बालेर सुतेकै बेला विद्युत सर्ट भएर आगलागी भएको उहाँले बताउनुभयो ।

खड्काको छाती, पेट र ढाड पुरै जलेको बोहोराले जानकारी दिनुभयो ।घरमा रहेका अरु मानिसले जलेको गन्ध आएपछि मात्रै थाहा पाएका थिए । थाहा पाउँदा खड्काको ज्यान गइसकेको पाइएपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए ।