जनता टाइम्स

६ माघ २०७७, मंगलवार १८:५९

दुहबीमा माइक्रो र मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु, ८ घाइते


सुनसरी, माघ ६

सुनसरीको दुहबीबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ३८६८नम्बरको माईक्रोमा विपरीत दिशाबाट आउँदै गरेको ३४ प ४६९४ नम्बरको मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सप्तरी राजविराजका शंकर यादव, सुनसरी इनरुवा ३ का बर्खी मण्डलको पहिचान खुलेको ट्राफिक प्रहरी कार्यालय दुहबीका ईन्चार्ज गोपाल श्रेष्ठले जानकारी दिनुभयो । घाइतेहरुको विराटनगर अस्पताल र दुहबीको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।