जनता टाइम्स

७ माघ २०७७, बुधबार ११:५१

विपन्न विद्यार्थीलाई १० हजार डलरको छात्रवृत्ति



काठमाडौं, पुस ७ । हेम–सरिता पाठक फाउन्डेसनले आर्थिक समस्याले उच्च शिक्षा अध्ययन गर्न नसकिरहेका दक्षिण एसियाली विपन्न विद्यार्थीका लागि छात्रवृत्ति दिलाउने भएको छ ।

नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका र पाकिस्तानका विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने भएका छन् । फाउन्डेसनले विज्ञप्ती जारी गर्दै उच्च शिक्षा अध्ययन गर्न नसकेका र निम्न आय भएका विद्यार्थीका लागि १० हजार अमेरिकी डलर राशीको छात्रवृत्ति घोषणा गरेको हो ।

वैश्विक चुनौतिसँग जुध्ने सक्ने, समुदायमा समर्पित र अरुको जीवनमा योगदान दिन सक्ने खुबी भएको विद्यार्थीलाई छात्रवृत्तिको लागि प्राथमिकतमा राखिने भएको छ । साथै, अमेरिकामा उच्च शिक्षा अध्ययन गर्न चाहने र छात्रवृत्तिबाट बञ्चित विद्यार्थीलाई लक्ष्य राखिएको छ ।

अमेरिकाबाट आइ–ट्वान्टी प्राप्त, ३.५ जीपीए, संघसंस्था र विभिन्न समुदायको हितमा सक्रियलाई छात्रवृत्तिको मापदण्डमा राखिएको छ । फेब्रुअरी १ देखि खुला हुने आवेदनको अन्तिम मिति अप्रिल १५ रहेको छ । मे १५ मा उत्कृष्ट पाँच घोषणा गरिने र जुलाइ १५ मा छात्तवृत्ति घोषणा गरिने जनाइएको छ । मायाज देसी बुटिकसँग मिलेर हेम–सरिता पाठक फाउन्डेसनले छात्रवृत्ति लन्च गरेको हो ।