जनता टाइम्स

७ माघ २०७७, बुधबार १२:१४

भारतले माल्दिभ्सलाई पठायो एक लाख कोरोनाविरुद्धको भ्याक्सिन


काठमाडौं, माघ ७

भारतले माल्दिभ्सलाई एक लाख कोरोना भ्याक्सिन कोभिसिल्ड पठाएको छ । योसँगै भारतले सहयोगमा दिने खोपको निर्यात शुरु गरेको हो । भारतले नेपालसहित भुटान, बंगलादेश, माल्दिभ्स, म्यानमार र सेसेल्सलाई दिने निर्णय गरिसकेको छ ।

भारतको मुम्बईस्थित छत्रपति शिवाजी महाराज अन्तराष्ट्रिय विमानस्थलबाट एयर इन्डियाको विमानबाट माल्दिभ्सलाई खोप पठाइएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । भारतमा रहेको सिरम कम्पनीले उत्पादन गरिरहेको कोभिसिल्ड खोप शुक्रबार नेपालमा पनि आपतकालीन अनुमति पाएको थियो । गत शनिवारदेखी भारतमा यसको आपतकालिन प्रयोग शुरु भईसकेको छ ।