जनता टाइम्स

२१ जेष्ठ २०७६, मंगलवार १७:४९

समातिए अफवाह फैलाउने ज्योतिष क्षेत्री : भूकम्पको भविष्यवाणी, आफ्नै भविश्यबारे अनबिज्ञ


काठमाडौं, जेठ २१

पछिल्लो समय विभिन्न युटुब च्यानलमार्फत नेपालमा ठूलो भूकम्प आउँछ भन्दै अन्तरवार्ता दिने अर्जुन क्षेत्री गौशालाबाट पक्राउ परेका छन् । भोजपुर घर भई काठमाडौंको सिनामंगल बस्दै आएका २६ वर्षीय क्षेत्रीलाई काठमाडौं प्रहरी परिसरले आज दिउँसो पक्राउ गरेका हो ।

उनले २९ जेष्ठदेखि निरन्तर रुपमा नेपालमा ठूलो भूकम्प जान्छ भन्दै अफवाह फैलाउँदै आएका थिए । क्षेत्रीले भारतमा ज्योतिषशास्त्र अध्ययन गरेको र आफू युवा ज्योतिष भएको दाबी गर्दै आएका छन । पक्राप परेका क्षेत्रीमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अनुसन्धानपश्चात उनलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन ०७४ अनुसार कारबाही हुनेछ । ऐनमा कुनै विपत्को घट्ना घट्न सक्ने अफवाह फैलाई सार्वजनिक रुपमा त्रास सृजना गरेमा एक लाख रुपैयाँ वा ६ महिना कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । यता भूकम्प आउने भविश्यवाणी गर्ने ज्योतिष क्षेत्रीले आफैलाई प्रहरी पक्रण आएको बिषयमा भने कुनै जानकारी पाएनन । प्रहरीले अफवाह फैलाउने उनलाई पक्राउ गरी हिरासतमा लिएको छ ।