जनता टाइम्स

९ माघ २०७७, शुक्रबार ०८:४४

डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिने वाइडेनको निर्णय


काठमाडौं, माघ ९ । अमेरिकी राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिनुभएको छ । उहाँले राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्ल्यूएचओसँगको सम्बन्धलाई निरन्तरता दिने निर्णय गर्नुभएको हो ।

यसअघि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओसँगको सम्बन्ध अन्त्य गरिएको घोषणा गर्नुभएको थियो । यस कदमलाई वाइडेनले ट्रम्पको गल्तीलाई सच्याएको रुपमा लिइएको छ ।

अघिल्लो राष्ट्रपतिको निर्णयलाई सच्याएकोमा डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयसले धन्यवाद दिनुभएको छ ।

विश्वभरि स्वास्थ्य महामारी चलिरहेका बेला डब्ल्यूएचओसँग अमेरिकाको सहकार्य अत्यावश्यक रहेको आवाज उठिरहेका बेला अमेरिकाले फेरि सम्बन्धलाई जोडेको बताएको छ ।