जनता टाइम्स

९ माघ २०७७, शुक्रबार १५:००

प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रको सूचना संवैधानिक इजलासमा पेश


काठमाडौं, माघ ९

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेश गर्नुभएको छ । रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ताद्वय टीकाराम भट्टराई र ओमप्रकाश अर्यालले बिहीबार प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना राजपत्रमा प्रकाशन नभएको प्रश्न उठाउनुभएको थियो ।

प्रतिनिधिसभा विघटनको सूचना समेटिएको गत पुस ५ गते प्रकाशित राजपत्र महान्यायाधिवक्ता खरेलले इजलाससमक्ष पेश गर्नुभएको हो । न्यायाधीश अनिलकुमार सिन्हाले उक्त निर्णय राजपत्रमा प्रकाशन भए इजलाससमक्ष पेश गर्न आग्रह गर्नुभएको थियोे । प्रतिनिधिसभा विघटनविरूद्व परेको रिट निवेदनमाथि सुनुवाइ जारी छ ।