जनता टाइम्स

१० माघ २०७७, शनिबार ११:०२

उपराष्ट्रपतिको रोहबरमा प्रचण्ड र बाबुरामबीच भेट, माधवलाई बिश्वास गर्न नसकिने भन्दै सहकार्यको प्रस्ताव



काठमाडौं, माघ १० । उपराष्ट्रपति नन्दबहादुर पुनको रोहवरमा नेकपा दााल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता बाबुराम भट्टराईको भेटबार्ता भएको छ।

भृकुटीमण्डपमा शुक्रबार भएको विरोध सभालगत्तै प्रचण्ड र भट्टराईबीच उपराष्ट्रपति निवासमा छलफल भएको हो । भेटका लागि कार्यक्रम सकिएलगत्तै प्रचण्ड उपराष्ट्रपति निवास पुग्नुभएकोथियो भने भैरहवामा रहनुभएका नेता भट्टराई पनि काठमाडौं आएलगत्तै उपराष्ट्रपति निवास पुग्नुभएको थियो । उपराष्ट्रपति निवास लैनचौरमा तीन जनाबीच झण्डै एक घण्टा छलफल भएको हो । भेटमा अहिलेको राजनीतिक अवस्था र आगामी योजनाबारे छलफल भएको छ।

पुन, दाहाल र भट्टराईबीच विगतको माओवादी आन्दोलनकाबारेमा समेत छलफल भएको छ । स्रोतका अनुसार भेटका लागि उपयुक्त स्थान नै उपराष्ट्रपति निवास हुने ठहर गरेर प्रचण्ड र भट्टराई उहाँको निवास पुग्नुभएको हो । स्रोतका अनुसार दाहाल र भट्टराईबीच एउटै पार्टीमा रहेर काम गर्ने गरी छलफल अघि बढेको र त्यस्को साँक्षी पुन बस्नुभएको हो । भेटमा माधवकुमार नेपाल र झलनाथ खनालहरुले कुनैपनि बेला धोका दिनसक्ने भएकोले जनयुद्धका सहयात्री दाहाल र भट्टराई मिलेर अघि बढनुपर्ने सुझाव उपराष्ट्रपति पुनले दिनुभएको छ ।

‘प्रचण्ड र बाबुरामको भेटमा साक्षी बस्न सक्ने उपर्युक्त व्यक्तिनै उपराष्ट्रपति हो। यसअघि पनि प्रचण्ड र बाबुरामको भेट उपराष्ट्रपति निवासमा भएको थियो, अव पूर्वमाओवादी एक ठाउँमा हुनुपर्ने भएकोले उहाँहरुबीच उपराष्ट्रपति निवासमै छलफल गराइएको हो,’ भट्टराई निकट स्रोतले जनताटाइम्ससँग भन्यो ।

यसअघि पुस १४ गते पनि भृकुटीमण्डपमा भएको विरोध सभा लगत्तै प्रचण्ड र बाबुरामको भेट भएको थियो। त्यो दिन पनि उपराष्ट्रपतिकै रोहबरमा भेट भएको हो। उच्च स्रोतका अनुसार प्रचण्ड र बाबुरामबीच सहकार्यका साथ अब सामुहिक आन्दोलन गरेर जानुपर्नेबारे समेत छलफल भएको थियो। ‘अहिलेको कदम र केपी ओलीप्रति दुवै नेताको बुझाइ एउटै छ।