जनता टाइम्स

१० माघ २०७७, शनिबार १६:३७

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु


पाकिस्तान, माघ १०

पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको बताइएको छ ।

पाकिस्तानको राजधानी शहर इस्लामाबादनजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी शहरमा शुक्रबार सो दुर्घटना भएको जनाइएको छ ।

रेलमार्ग टिकटकको अभिनय गर्न व्यस्त १८ बर्षीय हमजा नाभेदको उनको साथीले टिकटक भिडियो बनाउँदै गरेको अवस्था रेलको ठक्करबाट मृत्यु भएको स्थानीय उद्धार एजेन्सीका प्रवक्ता राजा रफाकात जमानले जानकारी दिनुभयो । उद्धारकर्ताहरुले नाभेदलाई उद्धार गरेको अवस्थामा नै मृत्यु भइसकेको पनि समाचारमा जनाइएको छ ।