जनता टाइम्स

१० माघ २०७७, शनिबार १७:५२

परराष्ट्रमन्त्री ज्ञवालीले गरे एनआरएनएको उच्च प्रसंशा, जटिल परीक्षामा उत्रिर्ण भएको घोषणा


काठमाडौं, माघ १० । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन आजबाट सुरु भएको छ । भर्चुअल माध्यमबाट आइतबारसम्म चल्ने महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताएका छन । गैरआवाासीय नेपाली संघको विशेष साधारणसभाको उदघाटन गर्दै मन्त्री ज्ञवालीले संघले संकटको बेला आफ्नो औचित्य र भूमिकालाई स्थापित गर्न सफल भएको बताउनु भयो ।

मन्त्री ज्ञवालीले प्रवासमा संकटमा परेका नेपालीहरुको राहत, उद्धार र उपचारमा गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्नुभयो । ‘संकटको यस जटिल परीक्षामा एनआरएनए खरो रुपमा उत्रिएको छ र सफल पनि भएको छ,’ परराष्ट्र मन्त्री ज्ञवालीले भन्नुभयो, प्रतिकुलताका बीच पनि नेपालको आर्थिक बिकाशमा एनआरएनएले महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । उहाँले बिदेसमा रहेका नेपालीलाई नेपालको भविश्इलाई लिएर चिन्तित नहुन र बिभाजित नहुने अपिल पनि गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले विदेशमा बसेर आफ्नो मिहेनत र पसिनाबाट कमाएको पूँजी नेपालको समृद्धि र विकासका लागि गैरआवासीय नेपालीले योगदान गरेको बताउनु भयो । विपद् र संकटका बेला विदेशमा रहेका प्रत्येक नेपालीले देखाएको अपनत्व प्रशंसायोग्य भएको उहाँको भनाई थियो ।

राजनीतिक लडाइँमा नभई विकासको बाटोमा अग्रसर हुनुपर्नेमा भट्टराईको जोड थियो । नेपाल विपन्न देश भएको हुँदा देशमा ठूलो लगानीको आवश्यकता रहेको बताउँदै विदेशमा हरेक नेपालीहरुले नेपालको उत्पादनमूलक क्षेत्रमा लगानी ल्याउन जोड दिनु पर्ने उहाँले बताउनु भयो ।