जनता टाइम्स

११ माघ २०७७, आईतवार १९:२१

प्रदेश १ मा ६ महिनामा १६ सय बढी भ्रष्टाचार मुद्दा


विराटनगर, माघ ११

प्रदेश १ मा आर्थिक वर्ष २०७६/७७ को ६ महिनामा १६९३ वटा भ्रष्टाचारका मुद्दा दर्ता भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले आइतबार ३० औं बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सो कुरा बताएको हो ।

आयोगको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ मा सात वटै प्रदेशमा २५ हजार एक सय ५२ भ्रष्टाचारका मुद्दा दर्ता भएका छन् । हाल रहेका कुल मुद्दामध्ये ८५५८ मुद्दा आर्थिक वर्ष २०७५/७६ बाट सरेर आएका हन् ।

फछ्यौट विश्लेषणतर्फ प्रारम्भिक छानविन पश्चात नौ हजार तीन सय ८७ उजुरी तामेलीमा छन् । ती मध्ये ७८६ सुझावसहित तामेलीमा छन् । ११४३ उजुरीमाथि विस्तृत अनुसन्धान गर्ने निर्णय भएको छ भने ५६३६ उजुरीमाथि अन्य आवश्यक कारवाही भएको आयोगको इटहरी कार्यालय प्रमुख प्रकाश पौडेलले जानकारी दिनुभयो ।