जनता टाइम्स

११ माघ २०७७, आईतवार २२:५०

निर्वाचन आयोगले खोस्यो माधव नेपालको अध्यक्ष


काठमाडौं, माघ ११

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै पक्षलाई आधिकारिकता दिन निर्वाचन आयोगले अस्विकार गरेको छ । सो अस्विकार गरेपछि सबैभन्दा ठूलो चोट भने वरिष्ठ नेता माधवकुमार नेपाललाई परेको छ ।

प्रचण्ड–नेपाल समुहले नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर तत्कालै नेता नेपाललाई अध्यक्ष बनाएको थियो । नेपाललाई अध्यक्ष बनाउन हतार गरेपनि आयोगले सो निर्णयले बैधानिकता नपाउने निर्णय सुनाईदिएपछि उहाको अध्यक्ष पद पनि खोसिएको छ ।

आयोगका अनुसार नेता नेपाललाई अध्यक्षका रुपमा नचिन्ने बताएको छ । पुरानै विवरणहरु यथावत रहेको भनेपछि नेता नेपालको अध्यक्ष पद पनि एक महिनाभित्रै खोसिएको हो । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएको थियो ।

नेकपा गठन भएदेखी नै अध्यक्ष हत्याउन नेपाल सक्रिय रहनु भएको थियो । पछिल्लो समय प्रचण्डको प्रधानमन्त्री बन्ने महत्वकांक्षा र नेता नेपालको अध्यक्ष बन्ने लालसा मिलेपछि नेकपा अनौपचारिक रुपमा विभाजन भएको थियो । दुई जनाको स्वार्थ मिलेपछि विधान विपरित ओलीलाई कारवाही गर्ने र आफु अध्यक्ष बन्ने सपना बोकेर नेता नेपालले पार्टी विभाजनमा लैजानु भएको थियो । तर, आयोगको पछिल्लो निर्णयसँगै उहाका सपनामाथी ब्रजपात भएको छ ।