जनता टाइम्स

१२ माघ २०७७, सोमबार १३:५९

माधव नेपालले प्रचण्डलाई स्विकारे एकल अध्यक्ष


काठमाडौं, माघ १२

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफु अध्यक्ष नभएको स्विकार गर्नुभएको छ । निर्वाचन आयोगले उहाको अध्यक्ष पदलाई मान्यता नदिएपछि उहाले म नभएर के भो त ? प्रचण्ड जी त हुनुहुन्छ नी ? भनि शुरुवाति प्रतिक्रिया दिनु भएको छ ।

पुष ५ गते नेकपा अनौपचारिक रुपमा विभाजन भए लगत्तै सो समुहले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर रातारात नेपाललाई अध्यक्ष बनाएको थियो । तर, त्यो निर्णय एक महिना ४ दिनमै आयोगले नमानिदिएपछि उहा होस न त भन्ने मुडमा पुग्नु भएको छ । आयोगले अध्यक्ष मान्यता नदिएपछि उहा फेरी वरिष्ठ नेतामा झर्नु भएको छ ।

दुई नम्बर प्रदेशको अगुवा भेलालाई पेरिसडाँडामा सम्बोधन गर्दै उहाले भन्नुभयो, ‘निर्वाचन आयोगले मलाई अध्यक्ष मान्दिन भनेछ, केही छैन । प्रचण्ड हुँदै हुनुहुन्छ ।’ उहाले आफु प्रचण्डको मात्रै अध्यक्षतामा सो समुहमा बस्न तयार रहेको घोषणा गर्नुभएको उहानिकट एक नेताले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले यसअघि नै नेता नेपाल प्रचण्डको कार्यकर्ता मात्र बन्न गएको टिप्पणी गर्दा त्यसको प्रतिवाद गर्नुभएको थियो । प्रचण्डले पनि उहालाई फकाउन दुवै बराबरीको अध्यक्ष रहेको भन्दै आफु नभएका बेला स्थायी कमिटीको अध्यक्षता गर्ने अवसर दिनु भएको थियो । तर, फर्किएपछि भने आफै अध्यक्षता गर्नुभएको थियो । माघ ९ गते भएको विरोध सभामा पनि प्रचण्ड नै अन्तिम वक्ताका रुपमा भाषण गर्नुभएको थियो । कुनै पनि सभामा प्रमुख वक्ताले नै अन्तिममा बोल्ने गरेका छन् ।