जनता टाइम्स

१२ माघ २०७७, सोमबार १९:५५

मञ्चमै बिद्रोह गरेका नारायणकाजी र योगेशको निश्कर्ष : केपी भन्दा हजार गुणा खराव रहेछन प्रचण्ड–माधव


काठमाडौं, माघ ११ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग भएर छुट्टै समुह गठन गर्नुभएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले काठमाडौंमा आयोजना गरेको सभामा मञ्चमै नारायणकाजी श्रेष्ठ र योगेश भट्टराईले बिद्रोह गर्नुभयो । प्रचण्ड माधव समुहका आन्दोलनका संयोजक श्रेष्ठले कार्यक्रम समापन गर्ने मान्नुभएन भने सहसंयोजक योगेश भट्टराई सभा नै बहिष्कार गरेर बिचैमा हिडनुभयो ।

प्रचण्ड–माधव समुहको सो दिनको सभाको भिडियो यतिबेला भाइरुल नै बनेको छ, जहाँ नारायणकाजीले कुरा गर्न आएका स्वयंसेवकलाई धक्कामुक्का गर्नुभएको छ भने माधव नेपालदेखि अन्य नेतासँग औला ठड्याएको देखिन्छ । मञ्चमा सोफा नमिलेको बिषयमा सुरु भएको झगडा ‘त..त म..म’ मा पुगेपछि श्रेष्ठ र भट्टराईसँग कुरा गर्न सो समुहका उहाँ निकट झण्डै आधा दर्जन नेताहरु निवासमै पुगेका थिए । दुवै नेताको निवास पुगेका मध्ये एक जनाले जनताटाइम्सलाई दिएको जानकारी अनुसार त्यस दिन ‘प्रचण्ड र माधवले आफ्नो तानाशाही चरित्र प्रदर्शन गर्दै अपमान गरेपछि बिद्रोह गर्नुपरेको’ बताउनु भएको छ ।

‘प्रचण्ड र माधवले आपत्तिजनक काम गरेपछि बिद्रोह गर्नुपरेको हो, उनीहरुको निरंकुसता सहने कुरै भएन भन्दै दुवै नेताले आफूहरुले चालेको कदम सही भएको बताएर फिर्ता पठाएको समेत ती नेताले बताए । कुराकानीकै क्रममा श्रेष्ठ र भट्टराई दुवै जनाले आफू ठीक रहेको तर्क गर्नुभएको थियो । ‘हामीले छुट्टाछुट्टै भेट गरेका थियौं, उहाँहरु दुवै जनाले प्रचण्ड र माधव ठीक नरहेको तर्क गर्नुभयो,’ ती नेताले जनताटाइम्ससँग भने । उनका अनुसार दुवै नेताले माघ ९ गते आयोजना गरिएको सभाको घटनाले ‘प्रचण्ड र माधव दुवै जना पार्टी र देशको नेतृत्व गर्न लायक छैनन’ भन्ने निश्कर्षमा पुगेको जानकारी समेत गराएका छन ।

‘प्रचण्ड र माधव त केपी भन्दा हजार गुणा खराव हरेछन, यिनीहरु त केपी ओलीले हालीमुहाली गर्न नदिएको कारण मात्रै अलग भएका रहेछन, यता आउन साथ आफ्नो चरित्र देखाउन थाले, मैले जे भन्यो, त्यही हो पार्टी निर्णय पो भन्छन,’ मञ्चमै बिद्रोह गर्नुपर्ने कारण खुलाउँदै श्रेष्ठले भनेको भनाई उधृत गर्दै ती नेताले भने । भट्टराईले पनि यस्तै आसय राखेका उनको भनाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेलगत्तै राजनीतिक रुपमा विभाजित भएको प्रचण्ड समूह श्रेष्ठकै नेतृत्वमा आन्दोलनमा होमिएको थियो । केन्द्रीय संघर्ष समितिका संयोजक श्रेष्ठ र सहसंयोजक भट्टराईले मजदुर संगठनको नेतृत्व गर्ने पुर्वनिर्धारित कार्यक्रम थियो । श्रेष्ठ र भट्टराईले नेतृत्व गरेको स्थानबाट नै मुल जुलुस निस्कनु पर्ने थियो । अध्यक्षद्वय प्रचण्ड र नेपालसँगै नेता झलनाथ खनालसहित उक्त जुलुस रत्नपार्क–बागबजार–पुतलीसडक–प्रदर्शनीमार्ग–भद्रकाली–एनएसी–विद्युत प्राधिकरण हुँदै सभामा परिणत हुने पुर्वनिर्धारित कार्यतालिका थियो ।

जुलुस अघि बढेर भृकुटीमण्डपस्थित सभाहल छिचोलेर भद्रकाली–सहिदगेट हुँदै रत्नपार्क पुगेर आउनु पर्ने थियो । पुर्वनिर्धारित योजना श्रेष्ठ र भट्टराई दुवैले नेतृत्व गरेको जुलुस अघि बढे पनि प्रचण्ड र माधव नेतृत्वको जुलुस भने सभास्थलबाट एक कदम पनि अघि बढेन । उनीहरु जुलुस छाडेर मञ्चमा चढे । तर श्रेष्ठ जुलुस लिएर भद्रकाली पुगिसकेका थिए ।

शीर्ष नेता भृकुटीमण्डपस्थित सभास्थलमा चढेपछि श्रेष्ठलाई फिर्ता बोलाईयो । जुनबेला श्रेष्ठलाई संघर्ष समितिका संयोजकको हैसियतले सभापतित्व आसनग्रहण गर्नु पर्ने थियो । त्यो बेला श्रेष्ठ उपस्थित हुन सकेनन् । न त कार्यक्रम सञ्चालक भट्टराई नै मञ्चमा थिए । यी दुवै घटना प्रचण्ड र माधवले दुवैको हैसियत छैन भन्ने सन्देश दिनका लागि घटाउनु भएको थियो । श्रेष्ठ र भट्टराईले आफूहरुको अपमान गरी कुनै हैसियत छैन भन्ने मासलाई देखाउन प्रचण्ड र माधवले सुनियोजित षडयन्त्र गरेर त्यस्तो गराएको बताउनु भएको ती नेताले बताए ।