जनता टाइम्स

१३ माघ २०७७, मंगलवार ०८:५५

प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ



काठमाडौं, माघ १३ । ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एकजना ट्रक चालक पक्राउ परेका छन् ।काठमाडौंको नयाँ बसपार्कमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने रामेछापको खिम्ती गाउँपालिकाका टेकबहादुर थापामगर पक्राउ परेका हुन् । नियम विपरीत सामान लोड गरी ल्याएको पाइएपछि बा २ ख ८०६५ नम्बरको ट्रक चालक थापामगरलाई सवारी तथा यातायात व्यवस्था ऐनअन्तर्गत कारबाही गर्न खोज्दा उनले घुस दिन खोजेका प्रहरीले जनाएको छ ।