जनता टाइम्स

१३ माघ २०७७, मंगलवार १४:३७

प्रचण्ड–माधव पक्षधर वकिललाई संबैधानिक इजलाशले सुनायो कठोर निर्णय


काठमाडौं, माघ १३ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरासहित संबैधानिक इजलाशमा रहनुभएका न्यायाधीशहरुले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा बहश गरिरहेका कानून ब्यवसायीलाई समयको ध्यान दिन पटक पटक निर्देशन दिनुभएको छ ।

अदालतमै अल्झाएर तोकिएको समयमा निर्वाचन हुन नदिने नियत देखिएपछि प्रधानन्यायाधीशसहित इजलाशमा रहनुभएका पाँचै जना न्यायाधीशले समयको ख्याल गर्दै बहशको समय घटाउन पटक पटक निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले गत पुस ५ गते नै आगामी बैशाख १७ र २७ गतेका लागि निर्वाचन तोक्नुभएको छ । प्रतिनिधिसभा बिघटनबिरुद्ध अदालतमा मुद्दा बिचाराधिन रही बहश चलरहँदा पुनःस्थापनाको पक्षमा बहश गरिरहनु भएका कानून ब्यवसायीले अनावश्इक समय लिएपछि इजलाश गम्भीर बनेको छ । बहशको क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले करिब ४ घण्टा समय लिनुभएपछि प्रधानन्यायाधीश जवराले नै समयको ख्याल गर्न निर्देशन दिनुभयो ।

थापाले बहस सक्दै गर्दा प्रधानन्यायाधीश जबराले मुस्कान दिएर भन्नुभयो, ‘समयको ख्याल गरौं, यहाँ हामीलाई होइन, जनतालाई चाँहि पट्यार लाग्ला है ।’ संबैधानिक इजलाशमा रहनुभएका न्यायाधीश अनिलकुमार सिन्हाले पनि निवेदकहरूसँग अनुरोध गरेरै समयभित्र सिध्याउने प्रतिबद्धता गर्नुपर्ने बताउनु भयो । ‘वरिष्ठज्यूलाई समय निर्धारण गर्ने कि नगर्ने ?’ न्यायाधीश सिन्हाले सोध्नुभयो ।

बहशको क्रममा विषयवस्तु दोहोर्याउने, अरूले बोलेका कुरा थप्ने गरेर समय कटाउने गरेपछि इजलाश गम्भीर बनेको हा । सर्वाेच्चको संबैधानिक इजलाशमा अहिलेसम्म ४५ जना कानून ब्यवसायीले बहस गरेका छन् । यो रिटमा बहशका लागि २ सय ५० भन्दा बढी कानुन व्यवसायीले वकालतनामा दिएका छन । यही क्रम जारी रहे बैशाखसम्म पनि बहश नसकिने अवस्था रहेपछि इजलाशले पटक पटक ध्यानाकर्षण गराएको हो । त्यसो त अदालतमा बहश लम्ब्याएर तोकिएको चुनावको मिति सार्ने बातावरण बनाउन अदालत बाहिरबाटै चलखेल सुरु भएको अनुभुति गरिएको छ ।

‘नेकपाबाट अलग भएको पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल समुह अदालतमा बहश लम्ब्याएर घोषित मितिमा चुनाव हुन नसक्ने वातावरण निर्माणमा लागेको छ, प्रचण्ड–माधव समुहको योजनाअनुसार नै सो समुहका कानून ब्यवसायी नियोजित रुपमा समय लिएर एउटै भनाई दोहोर्याउने, संबिधान भन्दा राजनीतिक कुरा गर्ने गरेका छन, इजलाशले यो कुरा बुझेर नै समय क मगर्न भनिरहेको छ,’ बहशमा सहभागी एक कानून ब्यवसायीले जनताटाइम्ससँग भने । ती कानून ब्यवसायीका अनुसार बहशमा कम भन्दा कम समय लिएर सहयोग गर्न इजलाशले भनेको छ ।