जनता टाइम्स

१६ माघ २०७७, शुक्रबार १४:१७

प्रचण्ड-माधवका वकिललाई इजलासले दियो मर्यादामा बस्न निर्देशन


काठमाडौं, माघ १६ । प्रचण्ड माधव पक्षका वकिललाई संवैधानिक इजलासले मर्यादामा बस्न निर्देशन दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा बहस गर्दा अपशब्द प्रयोग नगर्न वरिष्ठ अधिवक्ता रामनारायण विडारीलाई सचेत गराउनुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ चलिरहँदा बहस गर्ने क्रममा राष्ट्रिय सभाका सांसद समेत रहेका बिडारीले प्रधानमन्त्रीलाई ‘हुतीहारा’ र कसको रिसले कसको काख फोहोर गर्नेजस्ता शब्द प्रयोग गरेपछि इजलासबाट उहाँलाई रोकिएको हो ।

करिव आधा घण्टा बहस गरेका विडारीले सरकार प्रधानमन्त्रीको मात्र विरोध गर्नुभएको थियो । उहाँले इजलास संग सम्वन्धीत बहस भन्दा बाहिर जानु भएको थियो । उहाले इजलासमै सौताको रिसले पोइको काख फोहोर गर्ने नेपाली उखानलाई समते बिम्बका रूपमा प्रयोग गरेपछि इजलासबाट रोकिएको हो । बिडारीलाई प्रधानन्यायाधीश राणाले भन्नुभयो, ‘वरिष्ठ ज्यू , यस्ता अपशब्दहरु यहाँ प्रयोग नगर्नुस्, आफ्नो बहस छोट्याउनुस् ।’