जनता टाइम्स

१७ माघ २०७७, शनिबार ०९:४२

आज चितवन जाँदै प्रधानमन्त्री ओली, जनसभालाई सम्बोधनदेखि उदघाटनसम्मका यस्ता छन कार्यक्रम



काठमाडौं, माघ १७ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली आज चितवन जाँनुहुने भएको छ । नेकपा चितवनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली चितवन जान लाग्नुभएको हो । नेकपा चितवनले केन्द्रीय बस टर्मिनलमा आज विशाल जनसभा गर्दैछ

सो जनसभालाई प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायतका नेताहरुले सम्बोधन गर्नुहुनेछ । सभालाई सम्बोधनअघि प्रधानमन्त्री ओलीले भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास गर्नुहुनेछ ।

यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गतको पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारको शुभारम्भ गर्नुहुने कार्यक्रम समेत तय भएको छ ।