जनता टाइम्स

१८ माघ २०७७, आईतवार २१:४०

किन बेचैन छन् प्रचण्ड ? यस्तो छ भित्री कुरा


काठमाडौं, माघ १८

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड अहिले बेचैन देखिएका छन् । पछिल्लो समय काठमाडौंसहित विभिन्न भागमा भएको प्रर्दशनमा केहीमा सोचे अनुरुपको मानिस उपस्थित नहुँदा सो समुह चिन्तित छ । तर, सबै सभामा उपस्थित भएका प्रचण्ड भने खुशी छैनन् ।

प्रर्दशनमा सहभागी भएका प्रचण्डको अनुहारले उनको बेचैनीको खुलासा गर्दछ । कुनै पनि सभामा उनि पुरानो प्रचण्डका रुपमा प्रस्तुत हुन सकेका छैनन् । जसको कारण हो, उनको आन्दोलनमा कसैले पनि साथ नदिनु । प्रचण्डले शुरुमा सार्वजनिक रुपमै नेपालको राजनीतिमा हस्तक्षेप गरिदिन भनेर भारतसहित अन्तराष्ट्रिय शक्तिलाई गुहारेका थिए । सो गुहारलाई कसैले नसुनेपछि उनि श्रीमतिको उपचारका लागि भन्दै भारतीय नेता भेट्न दिल्ली हुँदै मुम्बई पुगे ।मुम्बईमा नेपालका जानकार तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष पात्र भगतसिंह कोशियारीसँग भेट्न विन्तिपत्र नै हाले । तर, केही दिन बस्दा समेत भेट नपाएपछि उनि स्वदेश फर्किए ।

स्वदेश फर्किएपछि नेपाली कांग्रेस, जनता पार्टीसँग सयुक्त आन्दोलन गर्ने प्रस्ताव गरे । त्यो प्रस्ताव पनि तुहिएपछि उनि झनै निराश बनेका हुन् । उपराष्ट्रपतिको अगुवाईमा सभामुखसँग मिलेर कु सम्म गर्ने योजना बनाएपनि त्यसमा कुनैपनि सुरक्षा निकायले साथ नदिएको सुरक्षाका उच्चस्रोतले जानकारी दिएको छ । त्यसका लागि दई पटकसम्म प्रयास भएपनि सफल हुन नसकेको हो । त्यसपछि सो छलफल पूर्व माओवादीलाई एकजुट बनाउन गरेको भनेर प्रचार पनि गरियो ।

यो भन्दा बढि प्रचण्डलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियुक्तिले बेचैन बनाएको छ । सरकारले अख्तियारमा प्रेमबहादुर राईलाई नियुक्त गरेको छ । बालुवाटार जग्गा काण्ड बाहिर ल्याउन सरकारमा रहेका बेला प्रमुख भूमिका खेलेका उनि अख्तियारमा आएपछि लडाकुको फाइल खुल्ने भयमा देखिन्छन् । यसअघि सार्वजनिक भएका प्रचण्डका गोप्य भिडियोले नै लडाकुको नामको रकम हिनामिना भएको पुष्टि गराउँछ ।

प्रचण्डले पछिल्लो पटक घुमाउरो भाषामा अबको प्रधानमन्त्री आफु भएकाले कसैलाई पनि कारवाही गरे त्यसका विरुद्ध खुलेर प्रतिवाद हुने चेतावनी दिईरहनु भएको छ । परिवारवाद, पूर्व माओवादीका करिव ९० प्रतिशत नेता कार्यकर्ताले छाडेर जानु, युद्धका बेला भएका घाइते र शहिदका परिवारलाई दुई दुई पटक प्रधानमन्त्री हुँदा समेत कुनै दीर्घकालिन राहात दिन नसक्नु लगायतका विषयले समेत पिरोली रहेको छ ।