जनता टाइम्स

१९ माघ २०७७, सोमबार १६:५०

प्रधानमन्त्री ओलीद्वारा शहीद हेमनारायण यादवको सालिकमा माल्यार्पण, परिवारका सदस्यले गरे न्यानो स्वागत


सिरहा, माघ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहा सदरमुकामस्थित शहीद हेमनारायण यादवको सालिकमा माल्यार्पण गर्नुभएको छ ।

यादवको १७ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन आज सिरहा आइपुग्नु भएका प्रधानमन्त्री ओलीले उहाँको सालिकमा माल्यार्पण गरी सम्मानप्रकट गर्नुभएको हो ।

माल्यार्पण अघि शहीद यादवका छोरा डा नविन यादव, श्रीमती पारोदेवी र नेता कार्यकर्ताले प्रधानमन्त्री ओलीलाई फूलमाला लगाएर स्वागत गर्नुभएको थियो । यादवको स्मृति दिवस पारेर प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले आज सिरहामा बिसाल जनसभाको आयोजना गरेको छ । सो सभामा गाउँ गाउँबाट हजारौं कार्यकर्ता आइपुगेका छन् ।