काठमाडौं, माघ २०
आफूलाई श्वेता खड्कासहितले गालीगलौज र कुटपिट गरेको भन्दै अभिनेत्री सुष्मा कार्कीले प्रहरीमा उजुरी दिनुभएको छ । अभिनेत्री श्वेता खड्का, पति विजयेन्द्र राउत, बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट गरेको भन्दै कार्की दरबारमार्ग प्रहरी समक्ष उजुरी लिएर पुग्नुभएको हो ।
कार्कीले आफूमाथि कुटपिट र दुर्वयवहार भएकोले कारवाहीका लागि उजुरी लिएर गएको बताउनुभयो । छलफलका लागि प्रहरीले आरोपित पक्षलाई पनि दरवारमार्ग बोलाएको जनाएको छ । लन्डन पब क्याफेमा पुगेका बेला आफूमाथि कुटपिट भएको सुष्माले बताउनुभयो । उक्त कुटपिटको भिडियोसमेत प्रहरीलाई बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस्