काठमाडौं, माघ २१ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्ने १० वटा स्वास्थ्य संस्था खारेज गरेको छ । नवीकरणका लागि कागजात पेस नगरेको र चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै श्रममन्त्री गौरीशंकर चौधरीलेती संस्थालाई खारेज गर्नुभएको हो ।
मन्त्री चौधरीले माघ माघ १३ गते ती संस्था खारेज गर्ने निर्णय लिनुभएको थियो । यसरी खारेज हुनेमा सुधा हेल्थ एन्ड मेडिकल सेन्टर, साउदी नेपाल मेडिकल सेन्टर, अनुरोध पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, गोदावरी डायग्नोस्टिक सेन्टर, पर्फेक्ट डायग्नोस्टिक सेन्टर, मेट्रो काठमाडौं अस्पताल, अल्का अस्पताल, अल्का पोलिक्लिनिक, रिलायबल मेडिकल सेन्टर र कन्काई डायग्नोस्टिक सेन्टर छन्
श्रम मन्त्रालयले नियमानुसार पुस मसान्तसम्म र थप गरिएको १५ दिनभित्र नवीकरण गर्न नआएकाले खारेज गरिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्