काठमाडौं, फागुन २
मिस्टर नेपाल–२०१९ का विजेता डा. सन्तोष उपाध्याय मिस्टर सुप्रान्यासनलको सुप्रास्टार सर्चको फिनालेमा पुग्न सफल हुनुभएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा रहनुभएको उपाध्याय ३७ देशका प्रतियोगीसँग प्रतिस्पर्धा गर्दै टप ३ सम्म पुग्न सफल हुनुभएको छ । सुप्रास्टार सर्चको विजेता बन्न अब डा. उपाध्यायलाई २ जना प्रतियोगीलाई पछाडी पार्नुपर्ने छ । डिजिटल राउण्डको अन्तिम ३ जनामा उहाँसँगै नर्थ मेसिडोनिया र हाइटीका प्रतियोगी रहेका छन् ।
अनलाइन भोटिङ मार्फत छानिने यस प्रतियोगितामा निर्णायकहरुले ४० प्रतिशत र भोट मार्फत ६० प्रतिशत निर्णय हुनेछ । भोलीसम्म मात्रै भोट गर्न पाइने हुँदा प्रतियोगितामा भोटमार्फत नेपाललाई अगाडी बढाउन आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभयो,‘नेपाललाई अगाडी बढानुस्, तपाईहरु सबैको भोटले मलाई मात्र होइन देशलाई चिनाउँछ ।’ भोट गर्नका लागि (https://bit.ly/3aaDVdt) लिकंमा क्लिक गरी फोटोमा भएको स्टारमा क्लिक गर्नुपर्दछ । स्टर सुप्रान्यासनल आउँदो अगष्ट पोल्यान्डमा हुनेछ ।
यो पुरुषहहरुको सबै भन्दा महँगो र फ्यान्सी प्याजेन्ट भएकाले सबै देशहरुसँग यसको फ्रान्चाइज छैन, तर यो वर्ष फ्रान्चाइज नभएका राष्ट्रहरुको पनि संलग्नता होस् भनेर सुप्रान्यासनलले सुप्रास्टार सर्च भर्चुअल प्रतियोगिता गरेको हो । यो प्रतियोगताका विजेताले फेरी मिस्टर सुप्रान्यासनल प्रतियोगितामा आफ्नो देशलाई प्रतिनिधित्व गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्