जनता टाइम्स

१२ फाल्गुन २०७७, बुधबार १९:४३

वैवाहिक जीवनमा बाँधिए गायिका अन्जु पन्त र थिर


काठमाडौं, फागुन १२

गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिनुभएको छ । एक बर्षदेखि प्रेम सम्बन्धमा रहेको उहाँले आज प्रेमी थिर कोइरालासँग बिहे गर्नुभएको हो । उहाँले पाटनको चर्चमा दुबै जनाको परिवारको उपस्थितीमा मात्रै बिहे गरेको बताउनुभएको छ । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उहाँहरुले चर्चमा बिहे गर्नुभएको हो ।

यसअघि गायिका पन्तको एक दशक अगाडि नै गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । यसपछि छोरी परितोशिकासँग बस्दै आउनुभएको अन्जुले केही महिना अगाडि छोरीकै दबाबका कारण बिहेको बिषयमा सोचेको पनि सञ्चारमाध्यममा बताउँदै आउनुभएको थियो ।