काठमाडौं, फागुन १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को माझण्ड समूहका नेता रघुजी पन्तको आपत्तिजनक टिप्पणीको राष्ट्रियसभा सदस्य कोमल ओलीले कडा प्रतिवाद गर्नुभएको छ । ओलीले सामाजिक सञ्जालमार्फत पन्तको निचताको पराकाष्टा भन्दै निन्दा गर्नुभएको हो ।
‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदो रहेछ भन्ने बल्ल आएर खुलेको छ । पन्तजीलाई मेरो प्रश्न ः तपाईको पार्टीमा कुनै पदमा रहनु भएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो ? के यो देशमा महिलाले कुनै काम गर्न, कुनै पदमा पुग्न र सफलता हासिल गर्न तपाईको जस्तो दरिद्र सोचको सिकार हुनुपर्छ ?’ पन्तको आपत्तिजनक अभिब्यक्तिको प्रतिवाद गर्दै नेतृ ओलीले लेख्नुभएको छ ।
पूर्व चिठ्ठा मन्त्रीसमेतको उपमा पाउनु भएका पन्तले ओलीले पिंडुला देखाएर पदमा पुगेको भन्दै महिला जातीकै अपमान गर्नुभएको थियो । पन्तको यो अभिब्यक्तिको सवैजसोले कडा प्रतिवाद गरेका छन ।
ओलीले पनि कडा प्रतिवाद गर्नुभएको हो । ‘पुर्वीया दर्शन देखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको छ । प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको हो । एकअर्काको आदर सम्मान विना समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुन्छ । समाज हिंसा तिर जान्छ र दया करुणा जस्ता कुरा हराउँछन,’ राष्ट्रियसभा सदस्य ओलीले भन्नुभएको छ, ‘तसर्थ एकले अर्कालाइ सम्मान गर्नु जीवनलाई मर्यादित र सरल बनाउनु हो । तर नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ वहाँको मानव बिकासका क्रममा बन्ने तन्तु हरु विचैमा रोकिएको जस्तो छ । वहाँले प्रयोग गर्ने शव्दहरुले आफ्नो आमा दिदीबहिनी सबैलाई अपमान गरेको छ । विवेक हिन मानिसको आलोचनाले आफैलाई आलोचित गर्दछ, यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला ?’













प्रतिक्रिया दिनुहोस्